काठमाडौं : हरिबोधिनी एकादशीको अवसरमा काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–११, बल्थलीस्थित प्रसिद्ध लड्केश्वर महादेव मन्दिरमा धार्मिक मेला लागेको छ।करिब ३५० वर्ष पुरानो इतिहास बोकेको यस मेलामा काभ्रेसहित आसपासका विभिन्न जिल्लाबाट भक्तजनहरू दर्शन तथा पूजाआजाका लागि आउने गरेका छन्। गुफाभित्र अवस्थित लड्केश्वर महादेवको दर्शन गर्न प्रत्येक वर्ष ठूलो सङ्ख्यामा भक्तजन पुग्ने गर्छन्। मन्दिर परिसरमा निर्माण गरिएको १०८ फिट अग्लो शिव त्रिशूल र १०८ शिवधाराले यस धामको धार्मिक तथा पर्यटकीय महत्त्व थप बढाएको