ढाका- बंगलादेशको नराइल जिल्लामा प्रतिबन्धित राजनीतिक दल अवामी लिगका कार्यकर्ताले गरेको आक्रमणमा बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का दुई स्थानीय नेता मारिएका छन्। बुधबार साँझ करिब ७ बजे कालिया उपजिल्लामा बीएनपीले निकालेको विरोध र्यालीमाथि अवामी लिगका कार्यकर्ताले आक्रमण गरेको आरोप छ। आतंकवाद र अराजकताको विरोधमा आयोजना गरिएको र्यालीमाथि आक्रमण हुँदा दुई नेता गम्भीर घाइते भएका थिए।