काठमाण्डु- निर्वाचन आयोगले प्रदेश र स्थानीय तहको निर्वाचन एकैपटक गर्ने वा अलग-अलग मितिमा गर्ने भन्ने विषयमा मुख्य राजनीतिक दलहरूबीच सहमति जुटाउन सकेको छैन। आयोगसँग शुक्रबार भएको छलफलमा पनि दलहरूबीच सहमति नजुटेपछि अब राजनीतिक संयन्त्रको बैठकमा यसबारे छलफल हुने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलले आयोगसहितको बैठकमा निर्वाचनको मितिबारे सहमति हुन नसकेको जानकारी