काठमाण्डु- फ्रान्सको एक टेलिभिजन कार्यक्रमले त्यहाँ रहेका सम्पूर्ण चिनियाँ समुदायलाई ‘जासुस’ भनेपछि पेरिसस्थित चिनियाँ दूतावासले आपत्ति जनाएको छ। फ्रान्सेली प्रसारक फ्रान्सइन्फोको साँझ प्रसारण हुने कार्यक्रम ‘ले इन्फोर्मे’ मा भिन्सेन्ट क्रुजे र अन्य अतिथिहरूले फ्रान्समा रहेका सम्पूर्ण चिनियाँ समुदाय चिनियाँ जासुस रहेको दाबी गरेका थिए। उक्त अभिव्यक्तिप्रति प्रतिक्रिया जनाउँदै चिनियाँ दूतावासले त्यसलाई आधारहीन आरोप र दुर्भावनापूर्ण