काठमाडौं : आसन्न स्थानीय तह निर्वाचनको तयारीबारे छलफल गर्न निर्वाचन आयोगले बोलाएको प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको बैठक जारी छ। बैठकमा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका प्रतिनिधिहरू सहभागी छन्।२०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल आगामी वैशाखमा सकिँदैछ। कार्यकाल सकिन करिब ६ महिना मात्रै बाँकी रहेकाले आयोगले निर्वाचनको तयारी अघि बढाएको हो। यसअघि २०७९ मंसिर ४ गते प्रदेशसभा निर्वाचन सम्पन्न भएको थियो। संविधानअनुसार स्थानीय त