काठमाडौं : चितवनको राप्ती नगरपालिका –०१ लोथरस्थित प्रहरी चेकिङ पोइन्टमा भारतीय कन्टेनर गाडीमा फल्स बटम बनाई लुकाइछिपाई ल्याउँदै गरेको ४४३ किलो गाँजासहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरिएको छ ।शुक्रबार बिहान ९ बजेको समयमा इलाका प्रहरी कार्यालय भण्डारा र अस्थायी प्रहरी पोष्ट लोथरबाट खटिएको संयुक्त टोलीले हेटौँडाबाट चितवनतर्फ आउँदै गरेको NL 0107792 नम्बरको भारतीय कन्टेनर चेकजाँच गर्ने क्रममा चालक सिट पछाडिको क्याबिनमा फल्स बटम बनाई लुकाइछिपाई ल्याइएको अवस्थामा ४४३ किलो गाँजा फेला पारी बरामद