नेपाली सेनाका उपरथी अनुपजंग थापा रथीमा बढुवा

  • शुक्रबार​ ५ मंिर २०८३ ०२:०० PM
काठमाडौं : नेपाली सेनाका उपरथी अनुपजंग थापा रथीमा बढुवा भएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई रथीमा बढुवा गर्ने निर्णय गरेको हो।रथी गणेश श्रेष्ठले मंसिर ७ गते अवकाश पाउने भएपछि रिक्त हुने पदमा थापालाई बढुवा गरेको हो। थापाको नाम गत कार्त्तिक ११ गते रथी पदमा बढुवाका लागि सिफारिस भएको थियो।हालका प्रधानसेनापति अशोकराज सिग्देल भदौ २४ गते अवकाशमा जाँदैछन्। उनी अवकासमा गएपछि थापा प्रधानसेनापति बन्ने सम्भावना बलियो छ।