हरिबोधिनी एकादशी पर्व मनाइयो, मन्दिरमा घुइँचो

  • शुक्रबार​ ५ मंिर २०८३ ०२:०० PM
काठमाडौं : कात्तिक शुक्ल एकादशीका दिन शुक्रबार हरिबोधिनी एकादशी पर्व मनाइएको छ । भगवान विष्णुको प्रतिकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी हरिबोधिनी एकादशी पर्व मनाइएको हो । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले यस दिनलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ ।हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूलमालाले सजाएर विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यस