प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण : ३४ सदस्यीय सरकारी टोली,५२ जना व्यवसायी पनि सहभागी हुने

  • शुक्रबार​ ५ मंिर २०८३ ०१:०० PM
काठमाडौं :प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणका विषयमा परराष्ट्र मन्त्रालयले जानकारी गराएको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र सचिव अमृतबहादुर राईले प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा हुने कार्यक्रम,द्विपक्षीय भेटवार्ता तथा समझदारीबारे जानकारी दिएका हुन्।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाहले  मंसिर ६ र ७ गते भारतको दुईदिने राजकीय भ्रमण गर्नेछन्। उनी आइतबार दिउँसो १: ४५ बजे नेपाल वायुसेवा निगमको जहाजमार्फत भारत प्रस्थान