वीरगन्ज : वीरगन्ज महानगरपालिकासहित पर्सा र बाराका विभिन्न पालिकामा एकीकृत सार्वजनिक यातायात सेवा (नगर बस) सञ्चालन गरिने भएको छ। पर्साको वीरगन्ज महानगरपालिका तथा बाराको जीतपुरसिमरा उपमहानगरपालिका, कलैया उपमहानगरपालिका र परवानीपुर गाउँपालिकामा उक्त सेवा सञ्चालन गर्न लागिएको हो।वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको अध्यक्षतामा बिहीबार बसेको अन्तरपालिका बैठकले यही मंसिरभित्र नगर बस सञ्चालन गर्ने लक्ष्यसहित आवश्यक सम्पूर्ण तयारी अघि बढाउने निर्णय गरेको छ।बैठकले यातायात सेवालाई दिगो र व्यवस्थित