राप्रपाकाे अध्यक्ष पदमा उम्मेदवारी दिने ज्ञानेन्द्र शाहीकाे घोषणा

  • शुक्रबार​ ५ मंिर २०८३ ०१:०० PM
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले पार्टीको आगामी महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन् ।शुक्रबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले मंसिर २६ देखि २८ गतेसम्म हुने पार्टीकाे महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिनेबारे जानकारी गराएका हुन् ।शाही गत फागुनमा सम्पन्न निर्वाचनमा राप्रपाका तर्फबाट प्रत्यक्ष निर्वाचित एकमात्र सांसद तथा पार्टीका संसदीय दलका नेता समेत हुन् ।  उनी जुम्लाबाट निर्वाचित भएका हुन् ।