कन्याममा पहिलो चिया महोत्सव हुँदै, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

  • शुक्रबार​ ५ मंिर २०८३ ०६:१० AM
इलाम । इलामको सूर्योदय नगरपालिका–स्थित पर्यटकीय क्षेत्र कन्याममा मंसिर ५ र ६ गते ‘प्रथम सूर्योदय चिया महोत्सव–२०८३’ आयोजना हुने भएको छ । चिया पर्यटन प्रवर्द्धन र चियाबारी पदमार्गको प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको