काठमाडौं : नेपाल औषधि व्यवसायी संघको शनिबारदेखि सुर्खेतमा सुरु हुने भनिएको महाधिवेशनको निर्वाचन प्रक्रिया रोकिएको छ।उच्च अदालत पाटनले नेपाल औषधि व्यवसायी संघको आसन्न निर्वाचनका लागि मतदाता नामावली र निर्वाचनसम्बन्धी प्रक्रिया तत्काल अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश दिएपछि निर्वाचन समितिले निर्वाचन प्रक्रिया रोकेको जानकार गराएको छ। संघको १५औं राष्ट्रिय अधिवेशन मंसिर ४ र ६ गते कर्णाली प्रदेशको सुर्खेतमा हुने तयर गरिएको थियो।न्यायाधीश शिवबहादुर रानाभाटको एकल इजलासले मतदाता नामावली, निर्वाचन कार्यत