ग्लोबल फिल्म फेस्टिभलको तयारी : विश्वभरका १०० चलचित्रकर्मी काठमाडौंमा आउने

  • शुक्रबार​ ५ मंिर २०८३ १२:०० PM
काठमाडौं  : नेपाली चलचित्रलाई विश्व बजारसँग जोड्ने र नेपाललाई अन्तर्राष्ट्रिय चलचित्रको महत्वपूर्ण गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यसहित नेपाल ग्लोबल फिल्म फेस्टिभल २०२७ हुने भएको छ। आगामी फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा आयोजना हुने महोत्सवमा विश्वका विभिन्न देशबाट करिब १०० जना चलचित्रकर्मी, सञ्चारकर्मी तथा चलचित्र उद्योगका विशिष्ट व्यक्तित्व सहभागी हुने आयोजकले जनाएको छ।नेपाल फिल्म एन्ड मिडिया एकेडेमीको आयोजनामा हुन लागेको महोत्सवको पहिलो संस्करणमै विश्वभरबाट पाँच सयभन्दा बढी फिचर