सुनको मूल्य तोलामै १२ हजार २०० रुपैयाँले घट्यो, चाँदीको पनि गिरावट

  • शुक्रबार​ ५ मंिर २०८३ ०५:१७ AM
काठमाडौं । स्थानीय बजारमा आज शुक्रबार सुनको मूल्यमा निकै गिरावट आएको छ । आज शुक्रबार सुनको मूल्य तोलामै १२ हजार २०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन प्रतितोला दुई लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला दुई लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो