काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आइतबार १ः४५ बजे नेपाल वायु सेवा निगमको नियमित उडानमार्फत भारतको राजकीय भ्रमणमा जानेछन् । परराष्ट्रसचिव अमृतबहादुर राईका अनुसार, भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत सहभागी हुनेछन् । प्रधानमन्त्रीको भ्रमण दलमा ३४ सदस्य सहभागी हुनेछन् । यद्यपि, भारतमा पछि व्यक्ति थपिने छन् ।