जनविश्वासको तराजुमा न्यायको कथा!

  • शुक्रबार​ ५ मंिर २०८३ ११:०० AM
लोकतन्त्रको सफलता केवल आवधिक निर्वाचन, जनप्रतिनिधिको चयन र सरकार गठनमा मात्र निर्भर हुँदैन। लोकतन्त्रलाई जीवन्त, उत्तरदायी र जनमुखी बनाइराख्न राज्यका सबै अंगबीच शक्ति सन्तुलन, नियन्त्रण र जवाफदेहिताको व्यवस्था प्रभावकारी हुनुपर्छ। लोकतन्त्रको सबैभन्दा महत्वपूर्ण आधार स्वतन्त्र, सक्षम र निष्पक्ष न्यायपालिका पनि हो। त्यसैले न्यायपालिकाको सम्बन्धमा गम्भीर र जिम्मेवार हुनै पर्दछ। न्यायपालिका कमजोर भएको मुलुकमा नागरिकका मौलिक हक तथा स्वतन्त्रता प्रायः असुरक्षित हुने गर्छन्। त्यहाँ सरकार सधैं निरंकुश