काठमाडौं : उपभोक्ता ठगी गर्ने, गुणस्तरहीन वस्तु तथा सेवा बिक्री गर्ने र प्रचलित कानुनविपरीत व्यवसाय सञ्चालन गर्ने फर्ममाथि सरकारले कारबाही गरे पनि जरिबाना असुलिएको छैन। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हालसम्म जरिबाना गरिएका ५ हजार ९ सय २३ फर्ममध्ये ५ हजार १ सय १७ फर्मले जरिबाना तिरेका छन्। ८ सय ६ फर्मले अझै नबुझाएको बताइएको छ। जरिबाना नतिर्ने ती व्यवसायीबाट ४ करोड ६ लाख २७ हजार १ सय २७ रुपैयाँ असुल हुन बाँकी रहेको विभागले जनाएको हो।विभागको प्रणालीमा २४ हजार ६ सय ५ फर्ममाथि अनुगमन ग