काठमाडौं । पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ नपरेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जनाएको छ । बिहीबार पक्राउपुर्जी जारी भएपछि शुक्रबार बिहानै सीआईबीको टोलीले उनलाई पक्राउ गरेको खबर बाहिरिएको थियो । तर सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अनुपशमशेर जबराले हालसम्म पक्राउ नपरेको बताए । ‘सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालसम्म त्यही कुरा देखेँ, तर पक्राउ परेको होइन,’ उनले