एमबीबीएस पढ्न १०,३२१ योग्य, सिट २,७४५ मात्रै

  • शुक्रबार​ ५ मंिर २०८३ १०:०० AM
काठमाडौं : विकसित मुलुकहरूमा चिकित्सकको माग बढ्दो छ। आवश्यक स्वास्थ्य जनशक्ति उत्पादन गर्ने र टिकाइराख्नु उनीहरूका लागि चुनौती बनेको छ। तर, नेपालमा भने चिकित्सा शिक्षाप्रति आकर्षण छ तर न्युन सिटका कारण डाक्टर बन्ने सपना थोरैको मात्र पूरा हुने गरेको छ। छात्रवृत्तिमा नाम निकाल्न नसक्नेहरूका लागि अभिभावकको कमजोर आर्थिक क्षमता र राज्यको चिकित्सा शिक्षा नीति तगारो बनेको छ। यस वर्ष एमबीबीएस प्रवेश परीक्षामा १० हजार ३ सय २१ जना उत्तीर्ण हुँदा स्वदेशका कलेजमा सिट संख्या छ–२ हजार ७ सय ४५।