कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंसिर ८ गते बस्ने

  • शुक्रबार​ ५ मंिर २०८३ १०:०० AM
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंसिर ८ गते मंगलबार बस्ने भएको छ।  पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले बिहीबार एक विज्ञप्ति जारी गर्दै बैठकबारे जानकारी दिएका हुन् । विज्ञप्तिअनुसार बैठक मंसिर ८ गते दिउँसो १:०० बजे ललितपुरको सानेपास्थित बी.पी. स्मृति भवनमा बस्ने तय भएको छ। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ।