काठमाण्डु –प्रधानमन्त्री वालेन शाहको भारत भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद बैठक बस्दै छ । बैठक शुक्रबार बिहान ११ बजे बस्न लागेको हो । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणका एजेण्डाबारे छलफल हुने छ । प्रधानमन्त्री शाह आइतबार भारतको औपचारिक भ्रमणमा जाँदै छन् ।