एमाले राष्ट्रिय भेला: ‘राज्यआतंक र राजनीतिक प्रतिशोधले सीमा नाघ्यो’

  • शुक्रबार​ ५ मंिर २०८३ ०९:०० AM
काठमाडौं :  एमालेले वर्तमान सरकारका गतिविधिलाई अलोकतान्त्रिक र स्वेच्छाचारी शासनको संज्ञा दिँदै लोकतन्त्रको पुनर्बहालीका लागि आन्दोलन गर्नेलगायत २१ बुँदे समसामयिक विशेष प्रस्ताव तथा १७ बुँदे संकल्प पारित गरेको छ। मंसिर २ र ३ गते सम्पन्न पार्टीको राष्ट्रिय भेलाले सरकारमाथि राजनीतिक प्रतिशोध साँधेको, मौलिक अधिकार हनन गरेको, संवैधानिक संस्थामाथि हस्तक्षेप गरेको र राज्य संयन्त्रलाई स्वार्थअनुकूल परिचालन गर्न खोजेको आरोप लगाएको हो।प्रधानमन्त्रीले शपथ खाएको केही घण्टा नबित्दै पार्टी अध्यक्ष एवं प