आज हरिबोधिनी एकादशी, तुलसी र दामोदरको विवाह गरी मनाइँदै

  • शुक्रबार​ ५ मंिर २०८३ ०१:२० AM
काठमाडाैं । आज हरिबोधिनी एकादशी, जसलाई ठूलो एकादशी वा प्रबोधिनी एकादशी पनि भनिन्छ । याे हिन्दू धर्मालम्बीहरूको एक अत्यन्तै महत्त्वपूर्ण पर्व र व्रत हो । यो पर्व हरेक वर्ष कार्तिक शुक्ल एकादशीका दिन मनाइन्छ । पौराणिक मान्यताअनुसार आषाढ शुक्ल एकादशी (हरिशयनी एकादशी)का दिन क्षीरसागरमा सुतेका भगवान् विष्णु चार महिनाको योगनिद्रा (चतुर्मास) पूरा गरी यसै दिन बिउँझनेछन् । भगवान् विष्णु जागा हुने भएकाले नै यसलाई ‘हरिबोधिनी’ भनिएको हो । आषाढ शुक्ल एकादशीका दिन घरघरमा सारिएको तुलसीको मठलाई यस दिन विशेष रूपमा सिँगारेर भगवान् विष्णु (दामोदर)सँग विवाह गरिदिने परम्परा छ । यस दिन ... The post आज हरिबोधिनी एकादशी, तुलसी र दामोदरको विवाह गरी मनाइँदै appeared first on Kalika Khabar.