काठमाडौं : टर्कीएको आन्ताल्यमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३१) मा ११ देश तथा निकायले जलवायु वित्तका लागि करिब २७ करोड ३० लाख अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। यद्यपि, ठूला र शक्तिशाली भनिएका देशको अनुपस्थितिका कारण सम्मेलन केही खल्लो देखिएको छ। जलवायु परिवर्तनको असर न्यूनीकरण, अनुकूलन तथा हानिनोक्सानी सम्बोधनका लागि विभिन्न देशहरूले वित्तीय सहयोगको घोषणा गरेका हुन्।जलवायु विज्ञ सनोत अधिकारीले वर्तमान अवस्थामा जलवायु वित्त निकै चुनौतीपूर्ण मोडमा रह