नुवाकोट : तीन महिना अगाडिको भोटेकोशी बाढीले उजाडिएको नुवाकोटको देवीघाटलगायतका स्थानमा एकादशी मेला भर्नेहरूको भीड लागेको छ। देवीघाटलगायतका मन्दिर तथा धामहरूमा बिहीबार राति महादीप प्रज्वलन गर्नेहरूको घुइँचो लागेको हो।बाढीले सोत्तर पारेको बगरमा पुगेर श्रद्धालुहरूले आफ्ना दिवंगत पितृहरूको उद्धारका लागि महादीप प्रज्वलन गरेका छन्। प्रलयकारी बाढीले खण्डहर बनाएको देवीघाट र उत्तरगयामा पुनर्निर्माणको कामनासहित श्रद्धालुहरूले मेलामा सहभागिता जनाएका हुन्।भक्तजनहरूले दिवंगत पितृको उद्धारको कामना गर्दै