व्रत लिने एकादशी तीर्थ जाने काशीमाला लाउने गाँसी–गाँसी माया लाउने हाँसीनारायण रायमाझी र साथीहरूको स्वरमा लोकमा प्रचलित यी लोकगीतका गेडाहरूले पनि लोकजीवनमा हरिबोधनी एकादशीको कति गहिरो र बहुआयामिक प्रभाव छ भन्ने कुरालाई दर्शाउँछन्। सदियौंदेखि यो पर्वले आध्यात्मिक जागृतिसँगै उत्सवधर्मिता, कृषि समृद्धि र सामाजिक एकजुटको सञ्चार गरिरहेको छ।वैदिक सनातन धर्म र आर्यावर्तको लोकजीवनमा उल्लासपूर्ण र विशेष पर्व हो– हरिबोधनी एकादशी। यो पर्व कार्तिक शुक्ल पक्षको एकादशीमा मनाइन्छ। सबै एकादशीमध्येमा