कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ रिभानमा प्याराग्लाइडिङ प्रशिक्षण केन्द्र (प्याराग्लाइडिङ स्कुल) सञ्चालनमा आएको छ । पोखरामा प्याराग्लाइडिङ व्यावसायिक उडान सुरु भएको करिब तीन दशकपछि दक्ष प्यारापाइलट उत्पादन गर्ने उद्देश्यले जिल्लामै पहिलोपटक स्थापना गरिएको यस स्कुलले स्वदेशमै दक्ष प्यारापाइलट उत्पादनमा योगदान गर्नेछ । पोखरा साहसिक पर्यटनको विश्वप्रसिद्ध गन्तव्य हो । पोखरामा प्याराग्लाइडिङ पर्यटनलाई थप व्यवस्थित र विस्तार गर्ने