सर्लाहीमा अपहरण गरी बन्धक बनाइएका एक युवकलाई प्रहरीले सकुशल उद्धार गरेको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । गत कात्तिक २७ गते राति करिब १० बजे गोडैता नगरपालिका–९ निवासी ३७ वर्षीय सुनील कुमार रायलाई कौडेना गाउँपालिका–२, फूलपरासीस्थित स्थानबाट अपहरण गरिएको थियो । बरहथवा नगरपालिका–५ निवासी ३१ वर्षीय सन्तोष कुमार