देशको राजधानी काठमाडौंलाई तराई–मधेससँग जोड्ने राष्ट्रिय गौरवको काठमाडौं–तराई÷मधेस द्रुतमार्ग निर्माणमा मंसिर २ गते बुधबार एउटा महत्वपूर्ण कोसेढुंगा साबित भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा मकवानपुरस्थित महादेवटार सुरुङ छिचोलिएसँगै आयोजनाले नयाँ गति र आशाको सञ्चार गरेको छ। ७१ किलोमिटर लामो द्रुतमार्गका ७ स्थानमा कुल १४ वटा सुरुङ निर्माण भइरहेका छन्, जसको कुल लम्बाइ ११.२ किलोमिटर हुनेछ। तीमध्ये सबैभन्दा लामो ३.४४५ किलोमिटरको महादेवटार सुरुङ छिचोलिएसँगै ६ वटा