चुनावमा मात्रै जनतामाझ जाने ‘टुरिस्ट’ बन्यौँ : ज्ञवाली

  • शुक्रबार​ ५ मंिर २०८३ ०३:०० AM
काठमाडौँ : नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पार्टीको लोकप्रिय मत २८ प्रतिशतबाट घटेर १४–१५ प्रतिशतमा सीमित हुनुमा आफ्नै कार्यशैली र आन्तरिक कमजोरी जिम्मेवार रहेको स्वीकार गरेका छन् ।बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा सम्पादक बालकृष्ण अधिकारीसँग कुराकानी गर्दै ज्ञवालीले एमालेको कार्यशैली ‘एलिट’ र चुनावका बेला मात्रै जनतामाझ पुग्ने ‘टुरिस्ट’ जस्तो बनेको बताएका हुन् ।उनले ठूला होटल र मञ्चमा सीमित हुने, जनतासँग अनौपचारिक सं