२३ वर्षदेखि स्टेयरिङ सम्हाल्दै हरमिता, सडकमै संघर्ष र सफलता

  • शुक्रबार​ ५ मंिर २०८३ ०२:०० AM
काठमाडौँ : साझा यातायातको बसमा यात्रा गर्दा आज राति एक प्रेरणादायी महिलासँग भेट भयो । उनी हुन्, ४३ वर्षीया हरमिता श्रेष्ठ । जो बागमती प्रदेश ०१ ००६ ख ५४०१ नम्बरको रात्रिकालीन बस हाँकिरहेकी छन् ।विगत २३ वर्षदेखि यातायात क्षेत्रमा सक्रिय हरमिता अहिले साझा यातायातको ठूलो बस चलाउँछिन् । १५ वर्षको कलिलो उमेरदेखि स्टेयरिङ सम्हाल्न थालेकी उनले जीवनका अनेकौँ चुनौती पार गर्दै आज ठूला बसको चालकका रूपमा आफ्नो छुट्टै पहिचान बनाएकी छन् ।नेपालमा सार्वजनिक यातायातमा महिला चालकको उपस्थिति अझै निकै न्यून छ । दुई