काठमाडौं : लागूऔषध मुद्दामा हिरासतबाट फरार रहेका एक प्रतिवादीलाई प्रहरीले सिरहाबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहाको गोलबजार नगरपालिका–४ का ४३ वर्षीय तेजनारायण दास रहेका छन्। लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको विशेष प्रहरी टोलीले दासलाई मंसिर ३ गते गोलबजार नगरपालिका–४ बाट नियन्त्रणमा लिएको हो। ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दुर्गा राज रेग्मीका अनुसार दास यसअघि ६ भदौ २०८२ मा काठमाडौँ महानगरपालिका–९, रातोपुलबाट पक्राउ परेका थिए।त्यति