काठमाडौं : प्रहरीले रुपन्देहीबाट ठूलो परिमाणमा नियन्त्रित लागूऔषधसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले बिहिबार रुपन्देहीको रोहिणी गाउँपालिका–१, सिमरपानीबाट उनीहरूलाई पक्राउ गरेको हो। नियन्त्रित लागु औषध एम्पुल (डाइजेपाम, बुप्रेनोर्फिन र फेनारगन) खरिदबिक्री गर्दै गरेको अवस्थामा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको ब्युरोले जनाएको छ। पक्राउ पर्नेहरूमा भारतको उत्तर प्रदेश, जिल्ला महाराजगन्ज थाना सुनौलीक