काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको रोमाञ्चक खेलमा सुदूरपश्चिमले चितवनले दिएको १३४ रनको लक्ष्य १९.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमले १ बल बाँकी छँदै ३ विकेटको जित निकालेको हो । अन्तिम ओभरसम्म पुगेको