राजधानीमा जारी तेस्रो संस्करण नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई १३४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदानमा पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३३ रन बनायो । जसमा डेभिड मलानले अर्धशतकीय पारी खेल्दै अविजित ७१ रन बनायो । सुदूरपश्चिमका स्कट कुईगलेनले ३,थारिन्दु रत्नाएकेले २ विकेट