पूर्वाधार अभावका कारण सास्ती व्यहोर्दै पाथीभरा दर्शनका लागि आउनेहरू

  • बिहीबार ४ मंिर २०८३ ०७:०० PM
काठमाडौं : पूर्वी नेपालको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा (मुक्कुम्लुङ) मन्दिरमा दर्शन गर्न आउने तीर्थयात्रीको सङ्ख्या अत्यधिक बढेसँगै यात्रा व्यवस्थापन र पूर्वाधार अभावका कारण सास्ती खेप्नुपरेको भक्तजनहरूले गुनासो गरेका छन्।यात्रुहरूको चाप बढेपछि मन्दिर क्षेत्रमा होटेलमा बसोबास गर्न तथा सवारीसाधन पाउन कठिनाइ हुन सक्ने भएकाले मन्दिर व्यवस्थापन समितिले अग्रिम होटेल बुकिङ गर्न र यातायात व्यवसायीसँग समन्वय गरेर मात्र यात्रा गर्न आग्रह गर्दै आएको छ।पाथीभरा पुग्नका लागि काठमाडौँबाट सहजै ताप्लेजुङ