काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल) तेस्रो संस्करणको दोस्रो क्वालिफायरमा चितवनका ब्याटर डेविड मलानले अर्धशतक पूरा गरेका छन्।त्रिवि क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको चितवनका कुनैपनि ब्याटरले दोहोरो अंक बनाउन नसक्दा उनले भने एकतर्फबाट इनिङ्स सम्हालेका हुन्। चितवनका लागि वान डाउनमा आएका मलानले ३८ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन्।हाल उनी ५४ रन बनाउँदै खेलिहरेका छन्।