डेविड मलानको अर्धशतकमा फाइनल पुग्न चितवनले सुदूरपश्चिमलाई दियो १३४ रनको लक्ष्य

  • बिहीबार ४ मंिर २०८३ ०७:०० PM
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको दोस्रो क्वालिफायरमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई १३४ रनको लक्ष्य प्रस्तुत गरेको छ। त्रिवि क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३३ रन बनाएको हो। चितवन राइनोजका लागि डेविड मलानले ७१ रनको अर्धशतकीय पारी खले। उनले ५१ बलमा ९ चौका र २ छक्का प्रहार गरे। उनले सलाउद्दिन खानसँग सातौं विकेटको लागि ४० रनको साझेदारी गरे। सलाउद्दिन खानले १८ रन बनाउँदा कमल सिंह ऐरीले १० रन बनाए। अन्य कुनैपनि ब