बुटवल : बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक आयोजनाअन्तर्गत गोरुसिंगेदेखि चन्द्रौटासम्मको सडक विस्तार गर्न ठेक्का सम्झौता भएको छ । बुटवलदेखि गोरुसिंगेसम्म हाल सडक विस्तारको काम भइरहे पनि निर्माण कार्य भने कछुवा गतिमा चलिरहेको छ ।कपिलवस्तुको गोरुसिंगेदेखि चन्द्रौटासम्मको सडक विस्तारका लागि करिब चार अर्ब ५६ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको भौतिक पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले जानकारी दिए । पूर्व–पश्चिम महेन्द्र राजमार्गलाई स्तरोन्नति गर्ने योजनाअनुसार उक्त खण्डको ठेक्का सम्झौत