काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल)तेस्रो संस्करणको दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेर ब्याटिङ गरेको चितवनले पावरप्लेमा सुस्त सुरुवात गरेको छ। त्रिवि क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको चितवनले पावरप्लेमा दुवै ओपनरको विकेट गुमायो। पावरप्लेमा चितवन राइनोजले ३ विकेट गुमाउँदै ३२ रन बनाएको हो। देव खनाल ६ र कामिल मिशरा ४ रनमा पेभेलियन फर्किए। कप्तान रवि बोपारा १ रनमै क्याच भए। हाल क्रिजमा डेविड मलान १४ र विवेक कुमार यादव शुन्यमा अविजित खेलिरहेका छन्। स