प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को आसन्न भारत भ्रमणलाई नेपाल–भारतबीचको आर्थिक सम्बन्ध सुदृढ गर्ने, व्यापार घाटा न्यूनीकरण गर्ने र भारतीय लगानी नेपालमा आकर्षित गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्ने पूर्वपरराष्ट्रमन्त्रीहरूले बताएका छन् । उनीहरूले प्रधानमन्त्रीको भारत भ्रमणमा दुई देशबीचका विद्यमान समस्या समाधानसँगै व्यापार, जलस्रोत, ऊर्जा, पूर्वाधार, लगानी र सीमा व्यवस्थापनका विषयलाई प्राथमिकताका साथ उठाउनुपर्नेमा जोड दिएका हुन् ।