स्कुलका बस चालक लागुऔषधसहित पक्राउ

  • बिहीबार ४ मंिर २०८३ ०५:०० PM
ललितपुर : ललितपुरको धापाखेलस्थित जेम्स स्कुलका बस चालक लागुऔषधसहित पक्राउ परेका छन् ।लागुऔषध नियन्त्रण ब्युरोका प्रवक्ता दुर्गाराज रेग्मीका अनुसार, जेम्स स्कुलका बस चालक काभ्रेपलाञ्चोक मण्डनदेउपुर–५ का ३० वर्षीय राज रसाइली ८८ ग्राम खैरो हेरोइनसहित पक्राउ परेका हुन् । उनीसँगै काभ्रेपलाञ्चोक नमोबुद्ध–११ का २७ वर्षीय समिर तामाङ, दोलखा शैलुङ–२ का ३० वर्षीय दिनेश वाइबा र भारत बिहारका २२ वर्षीय कमलेशकुमार शाह पनि पक्राउ परेका छन् ।प्रहरीले उनीहरूको साथबाट ८८ ग्राम खैरो हेरोइन, २ थान