काठमाडौं : नेपाल राष्ट्रिय क्रिकेट टोलीले लर्ड्स मैदानमा बंगलादेशसँग टी–२० अन्तर्राष्ट्रिय खेल खेल्ने भएको छ।नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार पत्रकार सम्मेलन गर्दै ऐतिहासिक खेलबारे जानकारी दिएको हो। मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)ले बिहीबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले आगामी जुन ३ मा बंगलादेशसँग खेल्ने तालिका रहेको छ। लर्ड्समा आयोजना हुने यो खेल नेपाली समयअनुसारको प्रसारणलाई समेत ध्यानमा राखेर तय गरिने एमसीसीले जनाएको छ। उक्त दिन लड्र्समा नेपाल र बंगलादेशबीचको अन्त