परराष्ट्रमन्त्री खनालसँग चिनियाँ राजदूत चाङ माओमिङको शिष्टाचार भेट

  • बिहीबार ४ मंिर २०८३ ०५:०० PM
काठमाडौं : नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेका छन्।बिहीबार परराष्ट्र मन्त्रालयमा भएको भेटमा परराष्ट्रमन्त्री खनालले चीनसँगको तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन जोड दिएका छन्। खनालले केही समयअघि रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण रसुवागढी नाका बन्द रहेको र हिउँदको मौसममा चीनसँग जोडिएका अन्य उच्च हिमाली नाकाहरू पनि पूर्ण रूपमा सञ्चालन हुन नसक्ने अवस्था रहेको उल्लेख गर्दै यस्तो परिस्थितिमा काठमाडौंसँग सबैभन्दा नजिक र