काठमाडौं : एनसेलले पुरानो प्रविधिलाई विस्थापित गर्दै आधुनिक तथा उन्नत प्रविधिको प्रयोग विस्तार गर्ने उद्देश्यसहित थ्रीजी सेवा पूर्ण रूपमा बन्द गर्ने प्रक्रियालाई अन्तिम चरणमा पुर्याएको छ।कम्पनीले अब बाँकी रहेका ६८ प्रतिशत थ्रीजी साइटहरू पनि एक महिनाभित्रै बन्द गर्ने योजनाको कार्यान्वयन सुरु गरेको छ। एनसेलका कुल ३,१२९ वटा थ्रीजी साइटमध्ये हालसम्म ९९२ वटा साइट बन्द भइसकेका छन्। अब कम्पनीले बाँकी रहेका २,१३७ वटा साइटहरुमासमेत थ्रीजी सेवा बन्द गर्नेछ।थ्रीजी सेवा चरणबद्ध रूपमा बन्द गर्ने र