काठमाण्डु – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले भेटवार्ता गरेका छन् । परराष्ट्र मन्त्रालयमा बिहीबार भएको भेटमा नेपाल–चीनबीचको द्विपक्षीय सहकार्यका विषयमा छलफल भएको छ । भेटका क्रममा २ देशबीचको आपसी सम्बन्ध र सहकार्यका विविध पक्षबारे विचार आदानप्रदान भएको जनाइएको छ ।