काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ अन्तर्गत फाइनल प्रवेशका लागि चितवन राइनोज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। खेलमा चितवनले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। आजको खेलका लागि सुदूरपश्चिमले टोलीमा दुई परिवर्तन गरेको छ। अविनाश बोहराको स्थानमा दीपक बोहरा र थनुका दबारेको स्थानमा फेबियन एलेनलाई खेलाइएको छ। चितवनले भने अघिल्लो खेलकै टोलीलाई निरन्तरता