स्वास्थ्य सेवा, कृषि उत्पादनको सुरक्षा तथा वातावरणीय व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित नेपाल र अमेरिकाबीच उन्नत विद्युतीय किरण प्रविधिको प्रयोगमा सहकार्यका सम्भावनाबारे छलफल भएको छ । अमेरिकी दूतावास, काठमाडौंका अनुसार अमेरिकाको टेक्सास एन्ड एम विश्वविद्यालयअन्तर्गतको राष्ट्रिय इलेक्ट्रोन किरण अनुसन्धान केन्द्रका विज्ञहरूले यसै साता नेपालको भ्रमण गरेका छन् । पाँच वर्षे क्षेत्रीय परियोजनाअन्तर्गत भएको उक्त भ्रमणमा