काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका असन्तुष्टि र आन्तरिक छलफलका विषय सामाजिक सञ्जालमा सार्वजनिक नगर्न नेता तथा कार्यकर्तालाई चेतावनी दिएका छन् । पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले पार्टीभित्रका विषय फेसबुकमा लेखेर विरोधीलाई खेल्ने मौका दिनु अनुशासनहीन गतिविधि भएको बताएका हुन् । उनले यसअघिका अनुशासन उल्लंघनका घटनालाई माफी दिइएको भन्दै अब त्यस्ता